Saturday 14 March 2020

खुल्ला दिशायुक्त काठमाण्डौंमा भिजिट नेपाल २०२० सफल पार्नु पर्ने यो चुनौति



काठमाडौंको कलङ्की जस्तो व्यस्त चोकमा पनि खुल्ला दिशा पिसाब र छरपस्ट फोहरहरु । विश्व कहाँ पुगिसक्यो । हामीलाई अझ पनि खुल्ला दिसापिसाब गर्न हुन्न भन्ने चेतना आएको छैन । अझै पनि सार्वजनिक स्थालमा दिसापिसाब नगरौ , फोहर नफालौ भन्दै जनचेतना गराउन परिरहेको यो अवस्थामा भिजिट नेपाल २०२० लाई कतिसम्म सार्थक रुपमा सफल पार्न सकिन्छ त्यो चुनौति छँदैछ । काठमाडौमा नियमित यस्ता सरसफाइ कार्यक्रम र जनचेतनामूलक कार्यक्रमहरु गर्न थालेको पनि करिव ७ वर्ष भैसक्यो । अझ पनि जनतामा जताततै दिसापिसाब र फोहर गर्न हुन्न भन्ने चेतना आइसकेको छैन । सरकारले पनि भिडभाड हुने र सार्वजनिक यातायात चल्ने ठाउँमा पायक पर्ने ठाउँमा सार्वजनिक शौचालयको व्यवस्था गर्नु पर्ने हो । सरकारले सार्वजनिक स्थानमा फोहर गर्नेलाई घ महिना जेल र ज्ञ लाख जरिवाना भनेर द्दण्टड मा नै कानुन बनाएको छ तर अझ सम्म पनि कार्यान्वयन गर्न सकेको छैन । अब भन्नुहोला सफाइ र स्वच्छ हराभरा शहर कहिले र कसरी हुन्छ ।

सफा सुन्दर शहर ।

हामी सबैको रहर ।

जय समृद्धि ।

जय नेपाल ।

जय सरसफाइ अभियान ।